दुर्घटनामा घाइते निर्देशक सन्तोष सेनले देखाए मानवता, आफूसँगै ठोक्किएका पठाओ चालकको उपचार खर्च पनि व्यहोेरे

KalakarmiKalakarmiSourceJun 15, 20261 min read
दुर्घटनामा घाइते निर्देशक सन्तोष सेनले देखाए मानवता, आफूसँगै ठोक्किएका पठाओ चालकको उपचार खर्च पनि व्यहोेरे
काठमाडौं- नेपाली फिल्म्का निर्माता तथा निर्देशक सन्तोष सेन सडक दुर्घटनामा परी घाइते भएका छन् । बिहानको समयमा ‘मर्निङ वाक’का लागि निस्किएका बेला मोटरसाइकलको ठक्करबाट उनी घाइते भएका हुन् । कलाकर्मीसँगको कुराकानीमा निर्देशक सेनले आफू मर्निङ वाकमा गइरहेको समयमा दुर्घटना भएको जानकारी दिए । उनका अनुसार रातभरि पठाओ चलाएर थकित अवस्थामा आएका मोटरसाइकल चालकलाई रोक्न संकेतस्वरूप हात देखाउँदा मोटरसाइकलले उनको हातमै ठक्कर दिएको थियो । ठक्करका कारण उनी लड्दा हात भाँचिएको छ भने मोटरसाइकल चालक पनि घाइते भएका थिए । दुर्घटनापछि दुवै जनालाई नजिकैको अस्पतालमा लगेर उपचार गरिएको थियो। हाल निर्देशक सेन ...