ललितपुर- लिम्बू समुदायको मौलिक कथा, मुन्धुम, संस्कृति र जीवनदर्शनलाई फिल्मको भाषासँग जोड्दै ‘लिम्बू चलचित्र निर्माण तथा बजार सम्भाव्यता अध्ययन कार्यशाला’सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा सहकार्यमा याक्थुङ मुन्चइत चोक सयङ संघीय समितिद्वारा आयोजित कार्यशाला चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा २०८३ जेठ ३१ गते ललितपुरस्थित दरबार रेट्रो पार्टी प्यालेसमा समापन गरिएको हो ।
जेठ २५ गतेदेखि सञ्चालन भएको एक हप्ते कार्यशालाको समापनसँगै आयोजित ‘लिम्बू चलचित्र विमर्श’ कार्यक्रममा लिम्बू फिल्मको मौलिक कथ्य, निर्माण प्रक्रिया, अभिनय पद्धति, प्राविधिक गुणस्तर, प्रदर्शन, प्रवर्द्धन तथा बजार विस्तारका विषयमा सरोकारवालाबीच छलफल ...
लिम्बू कथालाई फिल्ममा रूपान्तरण गर्ने अभियान, एक साताको विशेष कार्यशाला सम्पन्न


