काठमाडौं- काठमाडौं महानगरपालिकाले विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने जनाएको छ ।
आइतवार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फेस्टिबलको आयोजना गरिने बताइन् ।
उनले भनिन्, ‘विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिबलको आयोजना गरिनेछ । मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुननिर्माण गर्न र सम्पदा वस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ ।’
त्यस्तै काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरको ...


