काठमाडौं– कर्णालीका विकट पहाडहरूमा जन्मिएका धेरै सपनाहरू अभाव, अवसरको कमी र परिस्थितिको भारी बोकेर हराउने गर्छन् ।
यद्यपि, केही सपनाहरू यस्ता पनि हुन्छन्, जसले संघर्षलाई नै आफ्नो शक्ति बनाउँछन् । यस्तै एउटा नाम हो– मदन नेपाली ।
२०५८ जेठ १० गते जुम्लाको साविक देपालगाउँ गाविस (हाल–५) मा आमा पदम शिला नेपाली तथा बुबा पदमलाल नेपालीको जेठो सन्तानका रूपमा जन्मिएका मदनको बाल्यकाल कर्णालीको सुन्दर प्रकृतिसँगै बित्यो । आर्थिक रूपमा सम्पन्न परिवार नभए पनि परिवारको माया र साथले उनलाई कहिल्यै अभावको अनुभूति हुन दिएन ।
सानैदेखि उनको संसार अरू बालबालिकाको भन्दा फरक थियो । ...
मदन नेपालीः रातभर फिल्म हेर्ने बालकदेखि सफल भिजुअल एडिटरसम्मको यात्रा !


