पोखरा प्रीमियरमा पनि रुचाइयो ‘गोर्खा वारियर’

KalakarmiKalakarmiSourceFeb 21, 20241 min read
पोखरा प्रीमियरमा पनि रुचाइयो ‘गोर्खा वारियर’
पोखरा– यही फागुन ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउने मिलन चाम्सद्वारा निर्देशित ऐतिहासिक नेपाली फिल्म ‘गोर्खा वारियर’ को पोखरामा रेडकार्पेट प्रीमियर गरिएको छ । पोखरा मिडटाउन सिनेमाजमा आयोजित प्रीमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापाले उक्त प्रीमियर शो समारोह उद्घाटन गरिन् । त्यसक्रममा थापाले ‘गोर्खा वारियर’ नेपालीको पहिचान भएको उल्लेख गर्दै ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दामार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको बताइन् । फिल्मको कथावस्तुले मन छोएको उनको प्रतिक्रिया छ । गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ ९श्याम० ले गोर्खा वारियर सबै विषयमा ...