नयाँ स्वरुपमा सञ्चालन हुँदै गुण सिनेमा हल

KalakarmiKalakarmiSourceJun 11, 20261 min read
नयाँ स्वरुपमा सञ्चालन हुँदै गुण सिनेमा हल
ललितपुर– ललितपुरको ग्वार्कोमा अत्याधुनिक सुविधासहित गुण सिनेमा हल पुनः सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । ललितपुरको ग्वार्को क्षेत्रमा रहेको रोयल टुलिप होटल काठमाडौंसँगै रहेको गुण सिनेमा अब नयाँ स्वरूपमा सञ्चालनमा आउने तयारीमा छ । यसअघि सात स्क्रिन रहेको उक्त सिनेमा हलमा थप एक स्क्रिन निर्माण गरी कुल आठ स्क्रिनसहित अत्याधुनिक मल्टीप्लेक्सको रूपमा पुनः सञ्चालनमा ल्याइने भएको हो । नयाँ संरचनाअनुसार आठ वटा स्क्रिनमा एकै पटक करिब १४२५ दर्शकले फिल्म हेर्न सक्ने क्षमता रहने छ । यसले गुण सिनेमालाई देशकै ठूला मल्टीप्लेक्समध्ये एक बनाउने अपेक्षा गरिएको छ । उक्त परियोजनामा व्यवसायी राजेन्द्र शाक्यको ...