‘फिल्म क्षेत्रले चाहेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध’: मन्त्री तिमिल्सिना

KalakarmiKalakarmiSourceJun 11, 20261 min read
‘फिल्म क्षेत्रले चाहेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध’: मन्त्री तिमिल्सिना
काठमाडौं-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली फिल्म क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली फिल्म ‘इलिफेन्ट्स इन द फग’को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले फिल्म क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको स्पष्ट पारे । उनले फिल्म क्षेत्रको योगदानलाई अमूल्य भन्दै कान्समा प्राप्त सफलता देशका लागि पनि गौरवको विषय भएको बताए ।’आज यहाँ भएको सम्मान वा पुरस्कारलाई रकमले मात्रै मापन गर्न सकिँदैन ...