निर्देशक कृष्ण चापागाईंको निधन

eHimalaya TimeseHimalaya TimesSourceJun 10, 20261 min read
निर्देशक कृष्ण चापागाईंको निधन
काठमाडौं । नेपाली चिलचित्र क्षेत्रका लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन भएको छ । हृदयाघातका कारण उपचाररत रहनुभएका चापागाईंको ५२ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । लामो समयदेखि परिवारसहित अमेरिकाको बोस्टनमा बसोबास गर्दै आउनुभएका चापागाईंलाई हृदयाघात भएपछि बोस्टनस्थित क्याम्ब्रिज हेल्थ अलाइन्स इभरेट अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरिएको थियो ।