ट्रेलरमा राजु शाहको ‘जाँड’, प्रदर्शन मिति घोषणा

KalakarmiKalakarmiSourceJun 10, 20261 min read
ट्रेलरमा राजु शाहको ‘जाँड’, प्रदर्शन मिति घोषणा
काठमाडौं– वरिष्ठ नृत्य निर्देशक तथा फिल्म निर्देशक राजु शाह निर्देशित नयाँ नेपाली फिल्म ‘जाँड’ को ट्रेलर सार्वजनिक गरिएको छ । घरेलु मदिरा ‘जाँड’ को अनियन्त्रित सेवनले व्यक्ति, परिवार तथा समाजमा पार्ने असरलाई कथावस्तु बनाइएको यो फिल्म आगामी असार १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । मंगलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको करिब तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा जाँड तथा मदिराको दुरुपयोगका कारण परिवार र समाजमा उत्पन्न हुने विभिन्न समस्या तथा त्यसले निम्त्याउने सामाजिक प्रभावलाई प्रस्तुत गरिएको छ । फिल्मका निर्माता सुनीलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह हुन् भने ...