काठमाडौं- काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न लागेको ‘टोल-टोलमा फिल्म महोत्सव’ कार्यक्रमले फिल्म क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने धारणा व्यक्त गरिएको छ ।
यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट तथा कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले फिल्मलाई मनोरञ्जनका रुपमा मात्र लिनु नहुने बताएका छन् ।
यो मनोरञ्जनको माध्यम त हो नै । यसबाहेक शिक्षा, सूचना, सन्देश तथा जानकारीको संवाहक र रचनात्मक उद्योगको विकास गर्ने क्षेत्रका रुपमा परिचित गराउनु पर्ने बेला आएको उनको भनाइ छ ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको ‘टोल-टोलमा फिल्म फेस्टिभल’ कार्यक्रमको अपेक्षित ...
फिल्म क्षेत्रका पेशाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रम हो ‘टोल-टोलमा फिल्म महोत्सव’


