समाजले हेर्न नचाहेको ऐनाः ‘लालीबजार’ को पीडा, प्रेम र प्रतिरोध

KalakarmiKalakarmiSourceJun 9, 20261 min read
समाजले हेर्न नचाहेको ऐनाः ‘लालीबजार’ को पीडा, प्रेम र प्रतिरोध
काठमाडौं– कहिलेकाहिँ फिल्महरू मनोरञ्जनका लागि मात्र बन्दैनन्, ती समाजले लुकाएर राखेका घाउहरू खोल्न पनि आउँछन् । वर्षौंको विवाद, सामाजिक वहस तथा कानुनी झमेलापछि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ त्यस्तै एउटा फिल्म हो, जसले नेपाली समाजको एउटा यस्तो पाटोलाई उजागर गर्छ, जसलाई हामीले सधैँ हेरेर पनि नहेरे झैँ गरेका छौँ । निर्देशक यम थापाले बादी समुदायका महिलामाथि वर्षौंदेखि थोपरिएको कलङ्क, भ्रम तथा तिरस्कारको आवरण हटाएर उनीहरूको जीवनको वास्तविक पीडालाई पर्दामा उतारेका छन् । फिल्म प्रदर्शनअघि यसले बादी समुदायको मानमर्दन गर्छ भन्ने आवाजहरू निकै चर्का थिए । तर यो फिल्म हेरेपछि महसुस ...