काठमाडौं– चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ ।
संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा हालै बसेको सचिवालय बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको महासचिव गोपीकृष्ण चापागाईंले जानकारी दिएका छन् ।
बैठकले संघअन्तर्गत सात वटा विभाग गठन गर्दै संयोजक तथा सदस्यहरू चयन गरेको छ । प्रचार तथा प्रकाशन विभागको संयोजकमा ध्रुव लम्साल तथा सदस्यमा मिलन ढुङ्गाना र सनम महर्जन रहेका छन् । नीति तथा परामर्श विभागको संयोजकमा सन्दीप सापकोटा तथा सदस्यमा रघुनाथ सापकोटा र विष्णु सुवेदी चयन भएका छन् ।
त्यसैगरी आर्थिक विभागको ...
चलचित्र पत्रकार संघ नेपालद्वारा विभिन्न विभाग गठन, जिम्मेवारी बाँडफाँट


