भैरहवामा आईएनआई सिनेमाजको नयाँ मल्टिप्लेक्स सञ्चालन

KalakarmiKalakarmiSourceJun 9, 20261 min read
भैरहवामा आईएनआई सिनेमाजको नयाँ मल्टिप्लेक्स सञ्चालन
काठमाडौं-  आईएनआई सिनेमाजले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा भैरहवामा नयाँ अत्याधुनिक मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगरस्थित भाटभटेनी भवनको पाँचौं तलामा स्थापना गरिएको यो मल्टिप्लेक्स आईएनआईको सातौं शाखा हो । दुईवटा अडिटोरियम रहेको मल्टिप्लेक्समा एकैपटक ३९६ दर्शकले फिल्म हेर्न सक्ने क्षमता रहेको छ। हलमा आधुनिक बार्को लेजर प्रोजेक्टर, पल्ज डीटीएसःएक्स साउन्ड सिस्टम तथा थ्रीडी प्रविधियुक्त सिल्भर स्क्रिन जडान गरिएको छ, जसले दर्शकलाई स्तरीय दृश्य तथा श्रव्य अनुभव प्रदान गर्ने विश्वास लिइएको छ। बेलायतबाट फर्किएका युवा उद्यमी आभास कुँवरको करिब ११ करोड रुपैयाँ लगानीमा निर्माण भएको यस मल्टिप्लेक्सको सञ्चालन तथा व्यवस्थापन आईएनआई सिनेमाजले ...