पोखरा- नयाँ नेपाली फिल्म ‘टिकाः स्टेटलेस सोल’ को छायांकन प्रारम्भ भएको छ। कास्की जिल्लाको पामेबाट आइतवारदेखि यो फिल्मको छायांकन प्रारम्भ भएको हो ।
४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई गण्डकी प्रदेशको कास्कीमा मात्रै ३० दिन खिचिनेछ भने अन्य दृश्यांकन काठमाडौं लगायतका ठाउँमा हुनेछ ।
कास्कीको पोखरा तथा त्यस आसपास पामे, सराङकोट, निरभाने लगायतका ठाउँमा फिल्मको छायांकन गरिने कार्यकारी निर्माता तेजबिक्रम केसीले बताए ।
कास्कीका विभिन्न आकर्षक लोकेसनले फिल्मको कथालाई जीवन्त बनाउन सघाउ पुग्ने केसीको विश्वास छ ।
भविष्य फिल्मस् प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता भविष्य खड्का हुन् । यो फिल्म ...
पोखराको पामेबाट थालियो ‘टिका’ को छायांकन


