गरिमा भन्छिन्- ‘रोशन अधिकारीले अमेरिकामा ठगि गरेर खोला झैँ बगाएको पैसा सँगै टिप्न जाउँ’

KalakarmiKalakarmiSourceJun 7, 20261 min read
गरिमा भन्छिन्- ‘रोशन अधिकारीले अमेरिकामा ठगि गरेर खोला झैँ बगाएको पैसा सँगै टिप्न जाउँ’
काठमाडौं- अभिनेत्री गरिमा शर्मा पछिल्लो समय फिल्म ‘काजी’ मा निर्वाह गरेको भूमिकाका कारण चर्चामा छिन् । उक्त फिल्ममा उनले अभिनेत्री केकी अधिकारीकी बहिनीको भूमिका निर्वाह गरेकी छिन् । अभिनयसँगै गरिमा बेला–बेलामा आफ्नो व्यक्तिगत जीवन र विभिन्न सांगीतिक परियोजनाका कारण पनि चर्चामा आउने गरेकी छिन् । यसैबीच, अमेरिकामा बसोबास गर्दै आएका गायक रोशन अधिकारीसँग सम्बन्धित एक विषय सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ । अधिकारीमाथि अमेरिकामा आर्थिक ठगी गरेको आरोप लगाउँदै विभिन्न टिप्पणीहरू सार्वजनिक भइरहेका छन् । यद्यपि, यसबारे हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन । सामाजिक सञ्जालमा चलेको यही चर्चाको प्रभाव अभिनेत्री गरिमा ...