काठमाडौं- काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम प्रारम्भ भएको छ ।
महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने गौरव योजनासँग जोडिएको यस तालिममा फोटोग्राफीसँगै फोटो तथा भिडियो पत्रकारितासम्बन्धी आधारभूतदेखि व्यवहारिक ज्ञान प्रदान गरिनेछ ।
चलचित्र विकास बोर्डको क्षमता अभिवृद्धि वर्षअन्तर्गत सञ्चालन गरिएको तालिमले युवालाई सिर्जनशील सीपमार्फत स्वरोजगार, व्यावसायिक दक्षता र सञ्चार-फिल्म क्षेत्रमा प्रवेशका अवसर बढाउने अपेक्षा गरिएको छ। तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई क्यामेरा सञ्चालन, फोटो कम्पोजिसन, प्रकाश व्यवस्थापन, फोटो स्टोरी, भिडियो रिपोर्टिङ तथा व्यावहारिक पत्रकारिताका विषयमा प्रशिक्षण दिइनेछ ।
तालिमको प्रारम्भिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू, चलचित्र विकास बोर्डका ...
फोटोग्राफीदेखि भिडियो पत्रकारितासम्म: काठमाडौंमा विशेष सीपमूलक तालिम प्रारम्भ


