सफल रह्यो विराटनगरको चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी प्रशिक्षण

KalakarmiKalakarmiSourceJun 6, 20261 min read
सफल रह्यो विराटनगरको चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी प्रशिक्षण
विराटनगर- चलचित्र विकास शुल्कलाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । शनिवार आयोजित कार्यक्रममा मोरङ, सुनसरी, झापा, सिराहा, सप्तरीको राजविराज, उदयपुर, पाँचथर तथा धनकुटाका सिनेमा हलहरुकस प्रतिनिधिहरू सहभागी थिए । मधेस प्रदेश र कोशी प्रदेशअन्तर्गतका करिब ३६ सिनेमा हलका प्रतिनिधिको सहभागिता रहेको बोर्डले जनाएको छ । तालिममा चलचित्र विकास शुल्कसम्बन्धी विद्यमान ऐन–कानुन, शुल्क कार्यान्वयनको अवस्था, नियमन प्रणाली तथा चलचित्र विकास शुल्क पोर्टलको सैद्धान्तिक र व्यवहारिक प्रयोगबारे अभिमुखीकरण गरिएको थियो । बोर्डका अनुसार यसअघि कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती ...