विपिन कार्की र विजयकुमारको सहकार्यमा बन्ने भयो नयाँ फिल्म

KalakarmiKalakarmiSourceJun 5, 20261 min read
विपिन कार्की र विजयकुमारको सहकार्यमा बन्ने भयो नयाँ फिल्म
काठमाडौं– अभिनेता विपिन कार्की तथा वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारबीचको नयाँ सहकार्यले नेपाली फिल्म क्षेत्रमा फरक प्रकारको प्रयोगको संकेत गरेको छ । निर्माणको तयारीमा रहेको नयाँ कथानक फिल्मसँगै त्यसै कथामा आधारित आख्यान पुस्तक प्रकाशन गर्ने योजनाले यो परियोजना चर्चामा आएको हो । अभिनेता विपिन कार्कीको लगानीमा लाइट वेन्डर्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा लेखन तथा निर्देशन विजयकुमारले गर्ने भएका छन् । करिब ३ देखि ४ करोड रुपैयाँ बजेटमा बन्ने फिल्मको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । भनिन्छ, यो फिल्म ड्रामा जनरामा आधारित हुनेछ । विपिनका अनुसार कथाले एक व्यक्तिको जीवन ...