सफल रह्यो उत्कृष्ट चिनियाँ फिल्मको काठमाडौं विशेष प्रदर्शन

KalakarmiKalakarmiSourceJun 5, 20261 min read
सफल रह्यो उत्कृष्ट चिनियाँ फिल्मको काठमाडौं विशेष प्रदर्शन
काठमाडौं– बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका तथा प्रतिस्पर्धा गरेका छ चिनियाँ फिल्महरूको काठमाडौं प्रदर्शन बिहीवार सम्पन्न भएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा तीन दिनसम्म चलेको थियो । चीन चलचित्र प्रशासन तथा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेको हो । तीन दिनको नौ शोमा देखाइएका छ चिनियाँ फिल्म करिब १४ सय दर्शकले हेरेको आयोजकको दावी छ । उनीहरूले आफूलाई मन परेको विभिन्न जनराका चिनियाँ फिल्महरू नेपालमा व्यवसायिक प्रदर्शनको अपेक्षा गरेका छन् । यस ...