काठमाडौं- काठमाडौं महानगरपालिकाले समुदाय स्तरमा ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्न समुदायमा आधारित गैर नाफामूलक संघसंस्थासँग प्रस्ताव आह्वान गरेको छ ।
महानगरपालिका विश्वव्यापी रचनात्मक सहर सञ्जालको सदस्य नगरका रूपमा सिर्जनात्मक उद्योगको विकास, विस्तार तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सोही क्रममा चालु आर्थिक वर्षभित्र समुदाय स्तरमा फिल्म महोत्सव आयोजना गर्ने योजना अन्तर्गत सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह तथा पुचः लगायतका संघसंस्थालाई कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाद्वारा जारी सूचनाअनुसार इच्छुक संघसंस्थाले महानगरले ...
टोल–टोलमा फिल्म महोत्सव सञ्चालनका लागि प्रस्ताव आह्वान


