गायक पशुपति शर्मा अब फिल्मको हिरो

KalakarmiKalakarmiSourceJun 4, 20261 min read
गायक पशुपति शर्मा अब फिल्मको हिरो
काठमाडौं– चर्चित लोक दोहोरी गायक पशुपति शर्मा अब ठूलो पर्दामा अभिनेताको रूपमा देखिने भएका छन् । लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्ममा उनी मुख्य पात्रका रूपमा अनुवन्धित भएका छन् । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त फिल्मका निर्माता फिल्म पत्रकार रघुनाथ सापकोटा हुन् । बुधवार शर्मा र निर्माण टिमबीच औपचारिक सम्झौता सम्पन्न भएको जनाइएको छ । हालसम्म नाम सार्वजनिक नगरिएको यो फिल्म कमेडी जनरामा निर्माण गरिने छ । पार्श्व गायनमार्फत केही नेपाली फिल्मसँग जोडिएका शर्मा पहिलो पटक प्रमुख अभिनेताको भूमिकामा प्रस्तुत हुन लागेका ...