काठमाडौं– चलचित्र विकास बोर्डले अबदेखि स्वदेशी फिल्महरूको बक्स अफिस कलेक्सन रिपोर्ट हरेक सोमवार सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बोर्डले बिहीवार जारी गरेको सूचनाअनुसार हालसम्म साप्ताहिक रूपमा सार्वजनिक हुँदै आएको बक्स अफिस विवरणलाई थप व्यवस्थित बनाउन प्रदर्शन मितिका आधारमा रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार शुक्रवारदेखि अर्को साताको आइतवारसम्मको बक्स अफिस कलेक्सन रिपोर्ट प्रत्येक साताको सोमवार चलचित्र विकास बोर्डको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने छ ।
बोर्डका अनुसार फिल्म व्यवसायलाई थप पारदर्शी, तथ्यमा आधारित र व्यवस्थित बनाउन यो निर्णय गरिएको हो । यसबाट फिल्मका निर्माता, वितरक, प्रदर्शक ...
अब नेपाली फिल्मको बक्स अफिस रिपोर्ट हरेक सोमवार


