काठमाडौं– दर्शकको ध्यान आकर्षित गर्न सफल भैरहेको नेपाली फिल्म ‘रोल नं १’ का निर्माताले एउटा ‘माफीनामा’ सार्वजनिक गरेका छन् ।
खासगरि, पूर्वी नेपालका सिनेमा हलमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सामुहिक रुपमा यो फिल्म हेर्न थालेर दर्शकमाझ सकारात्मक वातावरण सिर्जना गरिरहेको फिल्मको निर्माण संस्था सेभेन सीज सिनेमा प्रालिले बिहीवार सामाजिक सञ्जालमार्फत माफीनामा सार्वजनिक गरेको छ ।
कम्पनीका अध्यक्ष विनोद पौडेलद्वारा हस्ताक्षरित उक्त माफीनामामा भनिएको छ– ‘सुरुवाती चरणमा हामीले यस चलचित्रलाई विशेषगरी विद्यार्थी वर्गलाई लक्षित गरी निर्माण गरिएको शैक्षिक चलचित्रका रुपमा प्रस्तुत गरिएकोमा क्षमायाचना गर्दछौँ ।’
निर्माता पौडेलले ‘रोल नं १’ विद्यार्थी जीवन, अभिभावकको भूमिका ...
‘रोल नं १’ का निर्माताले किन मागे माफी ?


