काठमाडौं- राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘लज्जावती’ को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । गतसाता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा फिल्मको इन्डक्ल्याप गरिएको हो ।
यो फिल्मको सम्पुर्ण छायांकन सकिएसँगै आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ । यो मितिमा अहिलेसम्म कुनैपनि नेपाली फिल्मले आधिकारीक रुपमा आफ्नो प्रदर्शन मिति घोषणा गरिसकेका छैनन् । त्यसैले हालसम्म यो मितिमा सोलो रिलिजको अवसर मिल्ने बुझाई निर्माण टिमको छ ।
आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् ...
‘लज्जावती’ को इन्डक्ल्याप, साउन २९ गतेलाई प्रदर्शन मिति घोषणा


