बक्स अफिस लालीबजारमय, संघर्षमा नयाँ फिल्महरू

KalakarmiKalakarmiSourceJun 1, 20261 min read
बक्स अफिस लालीबजारमय, संघर्षमा नयाँ फिल्महरू
काठमाडौं– नेपाली फिल्म उद्योग यतिबेला रोचक मोडमा छ । एकातिर नयाँ–नयाँ फिल्महरु प्रदर्शन भइरहेका छन् भने अर्कोतर्फ दर्शकको रोजाइ सीमित केही फिल्ममामात्र केन्द्रित देखिएको छ । चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस प्रणाली ‘सिनेपास् २बक्सअफिस’ ले सार्वजनिक गरेको जेठ १६ गते शनिवार राति ११स्५९ बजेसम्मको तथ्यांकले नेपाली फिल्म बजारको वास्तविक अवस्था चित्रण गरेको छ । तथ्यांकअनुसार प्रदर्शनरत फिल्ममध्ये ‘लाली बजार’ सबैभन्दा बढी कमाइ गर्ने नेपाली फिल्म बनेको छ । यो फिल्मले २ लाख ६९ हजारभन्दा बढी टिकट बिक्री गर्दै करिब ७ करोड ९० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । ...