चित्लाङबाट प्रारम्भ भयो ‘आ बाट आमा २’ को सुटिङ, मलिका र पलको मुख्य भूमिका

KalakarmiKalakarmiSourceJun 1, 20261 min read
चित्लाङबाट प्रारम्भ भयो ‘आ बाट आमा २’ को सुटिङ, मलिका र पलको मुख्य भूमिका
काठमाडौं-  अभिनेत्री मलिका महत अनुबन्ध भएसँगै फिल्म ‘आ बाट आमा २’ को छायांकन प्रारम्भ भएको छ । निर्माण टिमले सोमवार बिहान मकवानपुरको चित्लाङबाट फिल्मको छायांकन प्रारम्भ गरेको हो । यस फिल्मका लागि निर्माण टिमले आइतवार मात्रै मलिकालाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको थियो । फिल्मको छायांकन चित्लाङ, काठमाडौं र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताएका छन्। उनका अनुसार चित्लाङ र काठमाडौंको तालिका सकिएपछि बाँकी दृश्य खिच्न टिम लन्डन प्रस्थान गर्नेछ। एक महिनाको कार्यतालिका (सेड्युल) राखेर फिल्मको छायांकन थालिएको निर्देशक पन्तको भनाइ छ । फिल्ममा पल शाह र मलिका महतका साथै रिश्ता गुरुङ, ...