चलचित्र पत्रकार संघ नेपालले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्दै आठ देशमा तोक्यो संयोजक

KalakarmiKalakarmiSourceJun 1, 20261 min read
चलचित्र पत्रकार संघ नेपालले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्दै आठ देशमा तोक्यो संयोजक
काठमाडौं– चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने ऐतिहासिक कदम चालेको छ । नेपाली फिल्म, कला, साहित्य तथा सांस्कृतिक गतिविधिहरू विश्वभर फैलिँदै गएको वर्तमान सन्दर्भलाई मध्यनजर गर्दै संघले विदेश च्याप्टर विस्तारलाई औपचारिक रूपमा अघि बढाएको हो । चलचित्र पत्रकार संघ नेपालले हालै बसेको कार्यसमिति बैठकमार्फत आठ विभिन्न देशमा आफ्ना संयोजकहरू तोक्दै अन्तर्राष्ट्रिय उपस्थितिलाई अझ सुदृढ बनाउने निर्णय गरेको छ । यस निर्णयसँगै नेपाली फिल्म पत्रकारितालाई प्रवाससम्म विस्तार गर्ने दीर्घकालीन योजनाले औपचारिक रूप लिएको छ । संघले अमेरिका, क्यानडा, जापान, युरोप, अष्ट्रेलिया, बेलायत, युनाइटेड अरब इमिरेट्स तथा कतारमा अनुभवी ...