नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वलाई नेपाल फिल्म सोसाइटीद्वारा सम्मान

KalakarmiKalakarmiSourceMay 31, 20261 min read
नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वलाई नेपाल फिल्म सोसाइटीद्वारा सम्मान
पनौती– नेपाल फिल्म सोसाइटीले नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित नेतृत्वलाई सम्मान तथा शुभकामना प्रदान गरेको छ । पनौती–११, बल्थली, काभ्रेस्थित थुम्की रिसोर्टमा शनिवार आयोजित कार्यक्रममा संघका अध्यक्ष उत्तम केसीसहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा उपाध्यक्ष शिवहरि नेपाल वैरागी तथा पूजा गुरुङ प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल, कोषाध्यक्ष तेजुला खतिवडा तथा सदस्यहरू इन्द्र दोङ खम्बे, चन्द्रकला राई, लभ्ली संगम, श्रीदेव भट्टराई, मोनिका दाहाल लगायत रहेका थिए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री मदुकुमार श्रेष्ठ प्रमुख अतिथिका ...