चर्चित फिल्म ‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक, विश्वभरबाट हेर्न सकिने

KalakarmiKalakarmiSourceMay 29, 20261 min read
चर्चित फिल्म ‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक, विश्वभरबाट हेर्न सकिने
काठमाडौं – नेपाली फिल्मका दर्शकहरूका लागि खुसीको खबर छ। चर्चित नेपाली फिल्म ‘जारी २’ नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक गरिएको छ। दर्शकहरूलाई घरमै बसेर नयाँ फिल्म हेर्ने उत्कृष्ट सुविधा दिने उद्देश्यका साथ सिनेमाघरले यो फिल्म विश्वभर एकसाथ स्ट्रिमिङमा ल्याएको हो। अब स्वदेश तथा विदेशमा रहेका जोकोही दर्शकले एचडी (HD) क्वालिटीमा मात्र १९९ र फोरके (4K) क्वालिटीमा २९९ रुपैयाँ तिरेर यो फिल्मको भरपुर मनोरञ्जन लिन सक्नेछन्। नेपाली फिल्म ‘जारी २’ पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति र ‘जारी प्रथा’ मा आधारित एक उत्कृष्ट फिल्म हो। यस फिल्मलाई उपेन्द्र सुब्बाले लेखन ...