काठमाडौं – मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। फर्स्ट लुकमार्फत फिल्मको प्रदर्शन मिति यही वर्षको तिहारलाई तय गरिएको हो।
सार्वजनिक सामग्रीहरूले फिल्मप्रति दर्शकको कौतूहलता तीव्र बनाएको छ, जसमा अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको निकै फरक र रोचक अवतारमा प्रस्तुत गरिएको छ।
फर्स्ट लुक भिडियोमा पृष्ठभूमिबाट गुन्जिने “जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ” भन्ने संवाद र लगत्तै पुन्यको “यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो” भन्ने संवादले उनी गाउँको एक चलाख र चतुर ...
फिल्म ‘जिरो डिग्री’ को फर्स्ट लुक भिडियो सार्वजनिक: वडा अध्यक्षको व्यङ्ग्यात्मक अवतारमा विजय बराल


