काठमाडौं- गत शुक्रवारदेखि हलमा लागेको फिल्म ‘मीतज्यू’ लाई दर्शकको साथ अत्यधिक मिलिरहेको छ । यस्तो अवस्थामा निर्माण टिमले हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ ।
राजधानीका केही हलमा दर्शकको प्रतिक्रिया लिएपछि निर्माण टिम मोफसलतर्फ लागेको हो । बुधवार बिहान यस फिल्मका मुख्य कलाकार दयाहाङ राई, टेरिया फौजा मगर र निर्देशक अनिल बुढा मगरसहितको टिम नेपालगञ्ज, दाङ र बुटवलतर्फ लागेको छ । उनीहरूले त्यहाँ रहेका हलमा दर्शकसँगै बसेर फिल्म हेर्ने निर्माण पक्षको भनाइ छ ।
यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर मुख्य भूमिकामा छन्। सौगात, दयाहाङ र ...
‘मीतज्यू’ लाई दर्शकको बलियो साथ, प्रतिक्रिया लिन कलाकार र निर्देशक हल हलमा


