उच्च अदालतका न्यायाधीशहरूले इजलासमै हेर्न थाले फिल्म ‘लालीबजार’

KalakarmiKalakarmiSourceMay 27, 20261 min read
उच्च अदालतका न्यायाधीशहरूले इजलासमै हेर्न थाले फिल्म ‘लालीबजार’
काठमाडौं- एकातिर हलमा दर्शकको भीड, अर्कोतिर अदालतमा कानुनी बहस— फिल्म ‘लालीबजार’ अहिले दुई मोर्चामा संघर्ष गरिरहेको छ । प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दा करोडौँ कमाइ गरिसकेको फिल्मको निर्माण टिम भने प्रचारप्रसार छाडेर अदालत धाउन बाध्य बनेको छ । उच्च अदालत पाटनमा बुधवार फिल्मसम्बन्धी विवादको सुनुवाइ भइरहँदा न्यायाधीशद्धय टंकप्रसाद गुरुङ र अच्युत कुइँकेलले फिल्मको सफ्ट कपी नै मगाएर इजलासमै हेरेका छन् । अदालतले फिल्म हेरेपछि मात्रै प्रदर्शन रोक्ने, दृश्य संशोधन गराउने वा अन्तरिम आदेश जारी गर्ने विषयमा निर्णय दिने तयारी गरेको छ । फिल्मविरुद्ध रोशनी वादी नेपालीले रिट दायर गरेपछि विवाद अदालतसम्म पुगेको हो ...