काठमाडौं- एक्सन निर्देशकको पहिचान बनाएकी कृषा चौलागाईँको तेस्रो निर्देशकीय फिल्म ‘पारस’ को गीत रेकर्डिङ कार्य प्रारम्भ भएको छ ।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको पहिलो गीतका लागि गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन् ।
उक्त गीतमा संगीतकार तथा गायक कोशिस क्षेत्रीको शब्द र संगीत रहेको छ। आफ्ना फिल्ममा व्यावसायिक र स्तरीय गीत संगीत समावेश गर्न रुचाउने निर्देशक चौलागाईँ हाल गीतलाई उत्कृष्ट बनाउने काममा व्यस्त छिन् ।
एक्सन तथा सामाजिक कथावस्तुमा आधारित रहने यस फिल्ममा अभिनेता निखिल उप्रेती, अभिनेत्री जसिता ...
संगीतबाट प्रारम्भ भयो फिल्म ‘पारस’ को काम, नेपाल आइडल विजेता सज्जाले गाइन् गीत


