काठमाडौं- चलचित्र विकास बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक उपलब्धि हासिल गरी स्वदेश फर्किएको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको गरिएको जनाएको छ ।
निर्देशक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल तथा कलाकार पुष्पा थिङ लामासहितको टोलीलाई नौमती बाजा बजाउँदै फूलमालाले स्वागत गरिएको हो ।
कान्स फिल्म फेस्टिभल २०२६ को Un Certain Regard विधामा ‘एलिफेन्ट्स इन द फग’ ले जुरी पुरस्कार (Jury Prize) जितेको छ । कान्सको Official Selection मा पुगेको पहिलो नेपाली फिचर फिल्मका रूपमा यो उपलब्धिलाई ...
‘एलिफेन्ट्स इन द फग’: कान्समा ‘जुरी पुरस्कार’ सँगै ‘ध्वनि सिर्जना’ को अन्तर्राष्ट्रिय सम्मान


