यो वर्ष पनि तोडिएन चाडपर्वमा लक्षित रिलिज ट्रेण्ड, भदौका शुक्रवार दर्जन बढी फिल्मको ऐतिहासिक भिडन्त

KalakarmiKalakarmiSourceMay 25, 20261 min read
यो वर्ष पनि तोडिएन चाडपर्वमा लक्षित रिलिज ट्रेण्ड, भदौका शुक्रवार दर्जन बढी फिल्मको ऐतिहासिक भिडन्त
(सांकेतिक तस्विर) काठमाडौं– त्यसै पनि नेपालमा चाडपर्वको मौसम प्रारम्भ भएपछि नयाँ–नयाँ फिल्म प्रदर्शन हुने प्रचलन पुरानो होइन । प्रायः नयाँ वर्ष, तीज, बडादशैँ, तिहार, माघे संक्रान्ति, फागू पूर्णिमा, शिवरात्रि जस्ता पर्वमा दुई–तीन वटा फिल्महरु जुध्नु सामान्य भैसकेको छ । यद्यपि, हामी यसपटक यो वर्षको चाडपर्वको मौसम प्रारम्भ हुने एउटा महिनाको कुरा गर्दैछौं, जुन महिना झण्डै एक दर्जन बढी नेपाली फिल्मबीच बक्स अफिसमा भिडन्त हुने देखिएको छ । यो वर्षको भदौ महिनाको क्यालेण्डर पल्टाउने हो भने भदौ ५ गतेदेखि २६ गतेसम्म कुल चार वटा शुक्रवार परेका छन् । प्रायः शुक्रवार कै दिन नयाँ ...