कान्स–२०२६ मा गौरव बढाउने नेपाली फिल्मलाई सरकारको सम्मान

KalakarmiKalakarmiSourceMay 25, 20261 min read
कान्स–२०२६ मा गौरव बढाउने नेपाली फिल्मलाई सरकारको सम्मान
काठमाडौं– सञ्चारमन्त्री विक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताएका छन् । सोमवार बिहान नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ टिमलाई स्वागत तथा वधाई दिन त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले नेपालको मौलिक संस्कृति, विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिले हाम्रो देशलाई चिनाएको बताएका छन् । ‘नेपाल केही नभएर पछि परेको होइन । भएको कुराको सदुपयोग नभएर र त्यसको हामीले भ्यालु क्रिएट गर्न नसकेर, त्यसको सदुपयोग गर्न नसकेर नेपाल पछि परेको हो । ...