‘चलचित्र पत्रकारिता धेरै पढिने विधा भएकाले यसलाई ठट्टाको रुपमा लिइनु हुँदैन’

KalakarmiKalakarmiSourceFeb 18, 20241 min read
‘चलचित्र पत्रकारिता धेरै पढिने विधा भएकाले यसलाई ठट्टाको रुपमा लिइनु हुँदैन’
हेटौँडा– चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा आईतवारदेखि प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला प्रारम्भ भएको छ । कार्यशालाको शुभारम्भ गर्दै हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नेपालमा व्यावसायिक रुपमा चलचित्र पत्रकारिता फस्टाइरहेको देख्दा खुशी लागेको बताइन् । उनले हेटौँडालाई छनोट गरेर राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशाला आयोजना गरेकोमा आभार व्यक्त गरिन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा चलचित्र र चलचित्र पत्रकारिताको सम्बन्ध अभिन्न रहेको भन्दै आगामी दिनमा यो सम्बन्धलाई अझ मजबुत बनाएर लैजान जोड ...