रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लीमा अधिकारी

KalakarmiKalakarmiSourceNov 29, 20231 min read
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लीमा अधिकारी
जलेश्वर– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्य वाग्लेलाई उपसभापति चयन गरेको हो । सांसद तथा केन्द्रीय सदस्य सोबिता गौतमका अनुसार पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गरेका थिए, जसलाई संयुक्त बैठकले पारित गरेको हो । रास्वपाको कोषाध्यक्षमा लीमा अधिकारी मनोनयन भएकी छिन् । रास्वपा सह–महामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरिएको छ । सह–प्रवक्तामा सांसद मनिष झा, प्रतिभा रावल तथा रमेश प्रसाईंलाई मनोनयन गरिएको छ । सह–कोषाध्यक्षमा दीपक बोहोरा ...