पूर्वी रुकुम पुगेर ‘घर ज्वाईँ’ बने दयाहाङ

KalakarmiKalakarmiSourceFeb 17, 20241 min read
पूर्वी रुकुम पुगेर ‘घर ज्वाईँ’ बने दयाहाङ
काठमाडौं– अभिनेता दयाहाङ राई घर ज्वाईँ बन्ने भएका छन् । दयाहाङ अभिनेत्री मिरुना मगरको माइतीमा घर ज्वाईँ बन्न थालेका हुन् । दयाहाङ तथा मिरुनाको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘घर ज्वाईँ’ को छायांकन प्रारम्भ भएको हो । निर्माता जनक घर्ती मगरका अनुसार शनिवार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा ...