हेटौंडा– चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ । संस्था स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ गतेदेखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।
सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुत लगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताए ।
स्थानीय ठाउँहरुलाई नेपाली फिल्ममार्फत पर्यटन प्रवर्द्वन गर्ने उदेश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताए ।
भेलामा देशभरबाट दुई सय पचास जना पत्रकारहरु तथा ...
हेटौंडामा आजदेखि चलचित्र पत्रकारको राष्ट्रिय भेला


