एक्सनले भरिएको ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर

KalakarmiKalakarmiSourceFeb 16, 20241 min read
एक्सनले भरिएको ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर
काठमाडौं– सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको तीन मिनेटको ट्रेलरमा एक्सन दृश्यले भरिएको देख्न सकिन्छ । फागुन १८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर दर्शकलाई नयाँ सरप्राइज दिएको छ । साथै, फिल्मप्रति अपेक्षा चुल्याउन सक्ने र बक्स अफिसमा दर्शकलाई तान्न सक्ने पावर ट्रेलरले देखाएको छ । ट्रेलर हेर्दा एउटा पार्टमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्को पार्टमा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । दुवैको एक्सन ...