तीन शहरमा ‘गोर्खा वारियर’ को प्रीमियर, उपराष्ट्रपतिदेखि पूर्व प्रधामन्त्रीसम्म अतिथि

KalakarmiKalakarmiSourceFeb 16, 20241 min read
तीन शहरमा ‘गोर्खा वारियर’ को प्रीमियर, उपराष्ट्रपतिदेखि पूर्व प्रधामन्त्रीसम्म अतिथि
काठमाडौं– ब्रिटिश गोर्खा सैनिकको संघर्षको कथामा निर्माण भएको ऐतिहासिक अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को नेपालका तीन शहरमा भव्य रेड कार्पेट प्रीमियरको तयारी भैरहेको छ । यो फिल्म आगामी शुक्रवार अर्थात फागुन ११ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ । यसैक्रममा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा यही फागुन ९ गते काठमाडौंको कमलपोखरीस्थित बिग मूभिजमा भव्य रेड कार्पेट प्रीमियर हुन लागेको छ । बुधवार साँझ ५ बजेदेखि हुने उक्त रेड कार्पेट प्रीमियरको प्रमुख अतिथिमा उपराष्ट्रपति यादव तय भएकोे निर्माण पक्षले जनाएको छ । यो फिल्मका निर्माता सुमन राईका अनुसार रेड कार्पेट प्रीमियरको ...