पोखरा– कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन । उनीहरूको जोडी ४४ वर्षदेखिको हो । शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन् ।
तिनै मह जोडी अर्थात् मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवा ताल किनारमा गफिए । बुकवर्म फाउन्डेसनले आयोजना गरेको ११औँ लिटरेचर फेस्टिभलको महतन्त्र सत्रमा मह जोडी मदनकृष्ण र हरिवंशलाई वसन्त बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रम अवधिभर मदनकृष्ण र हरिवंशले एक अर्काको सम्मानमा शब्द खर्चिए । मदनकृष्ण र हरिवंशको सहकार्य ४ दशक लामो भइसकेको छ । तर, ...
‘सफलता काट्दै फुर्सद छैन, कुरा किन काट्नु’: मह जोडी


