‘कार्साङ’ को स्क्रिप्ट पूजा, सृजनाको डेब्यू पक्का

KalakarmiKalakarmiSourceFeb 14, 20241 min read
‘कार्साङ’ को स्क्रिप्ट पूजा, सृजनाको डेब्यू पक्का
काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्साङ’ को बुधवार सरस्वती पूजाको शुभ साइत पारेर स्क्रिप्ट पूजा गरिएको छ । यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्मको स्क्रिप्ट पूजा कार्यक्रममा फिल्मको कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति रहेको थियो । फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त रहेका छन् । यसै फिल्मबाट नव–नायिकाको रूपमा सृजना निङ्लेकुले डेब्यू गर्ने भएकी छन् । फिल्ममा दिया मास्के, माओत्से गुरुङ, ...