काठमाडौं- अभिनेत्री केकी अधिकारीद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ ।
वैशाख १४ गते रिलिज हुने फिल्मको आज फस्टलुक पोस्टर रिलिज गरिएको हो ।
सार्वजनिक पोस्टर पूर्ण रुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको छ ।
नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन्’ भन्ने भनाइ रहेको छ ।
पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी एक महिला अभिनेत्रीलाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ ।
उक्त ...
फस्टलुक पोस्टरमा ‘बोक्सीको घर’


