वसन्त पञ्चमीमा ‘मेयर’ को मुहुर्त, दीपेन्द्र के खनालको निर्देशन

KalakarmiKalakarmiSourceFeb 14, 20241 min read
वसन्त पञ्चमीमा ‘मेयर’ को मुहुर्त, दीपेन्द्र के खनालको निर्देशन
काठमाडौं– आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर नयाँ नेपाली फिल्म ‘मेयर’ को शुभ मुहुर्त गरिएको छ । काठमाडौंको दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा शुभ-साइत गरिएको हो । शुभ मुहुर्त समारोहमा फिल्मका निर्देशक दीपेन्द्र के खनालसहित फिल्मको टीमका सदस्य उपस्थित भए । निर्मात्री शर्मिला पाण्डेले क्ल्याप हानेपछि फिल्मका शीर्ष अभिनेता खगेन्द्र लामिछानेले नरिवल फुटाएर शुभसाइत गरेका थिए । केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिति, घात–प्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा यो फिल्मको ...