उत्तरकाशीको सुरुङबाट मजुदरलाई सकुशल बाहिर निकाल्ने कार्य प्रारम्भ

KalakarmiKalakarmiSourceNov 28, 20231 min read
उत्तरकाशीको सुरुङबाट मजुदरलाई सकुशल बाहिर निकाल्ने कार्य प्रारम्भ
उत्तरकाशी– भारतको उत्तराखण्डस्थित उत्तरकाशीको सुरुङमा फसेका मजदुरहरुलाई निकाल्ने प्रयास अन्ततः सफल भएको छ । पछिल्लो १७ दिनदेखि सुरुङमा फसेका मजुदरहरुलाई बाहिर निकाल्ने कार्य मंगलवार राति ८ बजदेखि प्रारम्भ भएको छ । पहिलो चरणमा ४१ मध्ये पाँच जना मजदुरलाई बाहिर निकाल्न सफल भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनीहरु सबैलाई बाहिर निकाल्न केही घण्टा लाग्न सक्छ । मजदुरहरु फसेको सुरुङको माथिल्लो भागबाट ढुंगाहरु फोरेर बाटो बनाएपछि उनीहरुलाई उद्धार गर्न सफलता मिलेको उद्धारकर्ताहरुले बताइरहेका छन् । सुरुङको माथिल्लो भागबाट ८ सय मिलिमिटर ब्यासको पाइप गाडिएको थियो । एनडीआरएफको ...