विवाहको मौसममा ‘रङ्गेली’ को ‘दुल्हा-दुल्हन’ (भिडियो)

KalakarmiKalakarmiSourceFeb 12, 20241 min read
विवाहको मौसममा ‘रङ्गेली’ को ‘दुल्हा-दुल्हन’ (भिडियो)
काठमाडौं– यही फागुन २५ गते प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा-दुल्हन’ सार्वजनिक भएको छ । विवाह गीतको रूपमा तयार पारिएको यो गीतमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ । पछिल्लो समयका फिल्महरूमा गरेको अभिनयको कारण चर्चामा रहेका बराल यो गीतको भिडियोमा कमेडी शैलीमा प्रस्तुत भएका छन् । यसको भिडियोको सेटअप’ पनि पृथक शैलीमा गरिएको देखिन्छ ...