उत्तरकाशी– उत्तराखण्डको उत्तरकाशीमा सुरुङमा फसेका सबै ४१ जना मजदुरहरुलाई सकुशल बाहिर निकालिएको छ ।
सुरुङमा फसेका पहिलो मजदुरलाई मंगलवार राति ८ बजे बाहिर निकालिएको थियो भने करिव एक घण्टा भित्र सबै ४१ जना मजदुरलाई बाहिर निकाल्न उद्धार टोली सफल भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रेस्क्यू टीमहरुले र्याट होल माइनिङ तथा सुरुङभन्दा माथिबाट भर्टिकल ड्रिलिङ गरेका थिए । मजदूरहरुलाई एउटा पाइपमार्फत बाहिर निकालिएको हो । बाहिर निकालिएका मजदुरहरुको स्वास्थ्य परीक्षण जारी छ । आठ सय मिमी ब्यासको पाइपमार्फत उनीहरुलाई बाहिर तानेर निकालिएको हो ।
एनडीआरएफको टीम पाइपमार्फत मजदुरहरु फसेको स्थानसम्म ...


