भ्यालेन्टाइन विकमा ‘अगस्त्य’ को ‘मायामा तिम्रै मायामा…’ (भिडियो)

KalakarmiKalakarmiSourceFeb 9, 20241 min read
भ्यालेन्टाइन विकमा ‘अगस्त्य’ को ‘मायामा तिम्रै मायामा…’ (भिडियो)
काठमाडौं– फागुन १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अगस्त्य च्याप्टर– १’ को भ्यालेन्टाइन डेको छेको पारेर प्रेम भावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ । एसडी योगीको संगीत र मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द तथा रिकेश गुरुङ संगीत निर्माता रहेका छन् । गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायतका फिचर्ड छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय ...